धनगढीमा लागुऔषध कारोबारमा संलग्न होटल सञ्चालकसहित दुईजना पक्राउ
धनगढी : प्रहरीले धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानरपालिका–४ बसपार्कमा रहेको पियंका अछाम होटलबाट ३ ग्राम ४१० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका–४ घरभई हाल धनगढी उपमकानगरपालिका– ४ बस्ने अछाम होटलका सञ्चालक समेत रहेका बिजय साउद र धनगढी उपमहानगरपालिका– २ का ३३ वार्षीय सुनिल कुँवर रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाशसिँह कार्कीले बताए।