बझाङका उमेश बोहराको उपचारका लागि कोरियाबाट आर्थिक सहयोग
धनगढी : खुट्टा नचलेर थलिएका बझाङका उमेश बोहरालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग गरिएको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनलाई कोरियाबाट एक लाख ४५ हजार नेपाली रुपैँया सहयोग गरिएको सहयोग संकलन अभियानमा संग्लन मोहित सिँहले बताए।
कैलालीको हसुलिया आफन्तको घरमा बसेका उमेशलाई मोहितले रकम हस्तान्तरण गरेका हुन्। उनको स्थायी घर बझाङको बुँगलनगरपालिका वडा नम्बर ८ हो। २१ वर्षिय उमेशका आमा–बुवा छैनन्। उनको टिचिङ अस्पतालमा उपचार भएको थियो।
आर्थिक अभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि कोरियामा रहेका लोकेन्द्र जाग्री, हिक्मत ऐडी लगायतका युवाहरुको पहलमा एक लाग ४५ हजार संकलन भएको हो।