बाजुरामा चट्याङ लागेर दुई घाईते
२०७६ फाल्गुन ९, ०५:१७
बाजुरामा चट्याङ लागेर दुईजना घाईते भएका छन्। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ९ को साउद टोलमा परेको चट्याङ लाग्दा दुईजना घाईते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर स्थानीय २१ वर्षीया संजा साउँद र ६ वर्षीया आकृती साउद रहेका छन्। उनीहरुको बयालपाटा अस्पतालमा उपचारका भईरहेको छ।
कमेन्ट लोड गर्नुस