सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भूकम्पको धक्का

२०७६ फाल्गुन ८, ०७:५० खबर संवाददाता

बाजुरामा भुकुम्पको धक्का महसुस भएको छ। बुधबार राती जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्लाको सिमानामा केन्द्रबिन्दु बनाएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

तर भूकम्पले के कति क्षति भयो भन्ने खुलेको छैन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले क्षतीको विवरण प्राप्त भईनसकेको जानकारी दिए।  

कमेन्ट लोड गर्नुस