सुदूर नेपाललाई विश्वसँग जोड्दै

बच्चा नभएको भन्दै श्रीमानले छाडेकी मैना उपचार अभावमा अस्पतालको शैयामा छट्पटाउदै

२०७६ फाल्गुन ६, ०२:४२ खबर संवाददाता

बाजुरा: बाजुराको बडिमालिका नगरपालिका ९ बस्ने ४५ वर्षीया मैना दमाई उपचार अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेकी छन् ।

मधुमेहबाट थला परेकी उनीलाई जिल्ला अस्पताल बाजुराले सेति प्रादेशिक अस्पताल धनगढीमा लैजान रिफर गरेको थियो। तर आर्थिक स्थिती कमजारे भएकाले उनी धनगढी जाने अवस्थामा छैनन्।  

थला परेकी मैनालाई स्थानीय शिक्षकको सहयोगमा जिल्ला अस्पताल पुयाएइको थियो। अस्पतालमा १ हप्ता उपचार गरेपनि उनको रगतमा सुगरको मात्र धेरै रहेकोले उपचारका लागि अस्पतालले रिफर गरिसकेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्कर्माले बताए।

सामान्यतया मानीसमा सुगरको मात्रा ७० देखी १ सय ४० सम्म हुन्छ, तर उनको शरीरमा त्यो मात्रा बढेर ३ सय भन्दा बढि पुगेको अस्पतालकी नर्स मनदेवी पाध्यायले बताइन।  बाजुरा अस्पतालले मधुमेहको ट्याब्लेटमार्फत उनको उपचार गरिरहेको छ। तर उनको अवस्था जटिल भइसकेकाले सुईमार्फत उपचार गर्नुपर्ने र त्यो यहाँ सम्भव नभएको अस्पतालका प्रमुख डा. विश्वकर्माले बताए। 

अहिले मैना अस्पतालको शैयामा मृत्यु कुरिरहेकी छन्। उनीमा बोल्न सक्ने अवस्था पनि छैन्। अन्यत्र जान न पैसा छ, न त आफन्त छन्।  

मैनाबाट बच्चा नभएपछि उनका श्रीमान बलबहादुर नेपालीले अर्को बिहे गरेको गाउँलेहरु बताउँछन्। उनीबाट विहे गरेको १३ वर्षसम्म बच्चा नभएपछि श्रीमानले ३ वर्ष पहिले विहे गरेका थिए। श्रीमानले अर्को  विहे गरेपछि मैना माइत बस्दै आएकी थिइन्। 

अलपत्र परेकी मैनाले होटलमा भाडा माझेर दैनिक गुजारा गर्दै आएकी थिइन। तर कात्र्तिकबाट उनी मधुमेह रोगका कारण घरमै परिन।  

अहिले मैनालाई अस्पतालमा अलपत्र रहेको खबर पाएपछि बडिमालिका नगरपालिकाका महिला शाखाले उपचारका लागि पहल गरिरहेको साहयक महिला विकास निरिक्षक बिन्दु बडालले बताइन्। उनलाई आर्थिक सहयोग र उनीसँग जाने अभिभावक लागी समन्वय गरिरहेको उनले बडालले बताइन्। 
 

कमेन्ट लोड गर्नुस