सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको दुई वर्षे कार्यकालप्रती प्रदेश सांसद नै असन्तुष्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सपथ लिदै
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सपथ लिदै
२०७६ फाल्गुन ४, ११:२६ कमल सावद

२०७४ साल ५ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ लिएका थिए। मुख्यमन्त्रीसंगै प्रदेश सरकारको मन्त्री मण्डलमा नियुक्त भएका अन्य छ मन्त्रीले पनि  प्रदेशबासीलाई विकास र समृद्धीका सपना बाडेका थिए। तर प्रदेश सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि सो अनुरुप काम नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

सत्तारुढ दल नेकपाकी प्रदेशसभा सदस्य शान्ती नेपालीले प्रदेश सरकारले ३२ ऐन निर्माण गरेको भएपनि विकास निर्माणमा सुस्त रहेको आरोप लगाईन्। ‘प्रदेश सरकारले केही नगरेको त होईन्। कानून निर्माणमा अघि छाँै।’ उनले भनिन्। ‘तर विकास निर्माणमा जुन हाम्रो अपेक्षा थियो। त्यो अनुसार भएको छैन्। जनताहरुमा पनि अपेक्षा बढि रहेको छ।’ 

अन्य प्रदेशसभा सदस्यहरुले पनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरेका छन्।  निर्वाचनको समयमा जनतासंग गरेका बाँचा पनि प्रदेश सरकारले बिर्सीदै गएको भनाई पनि उनीहरुको छ। प्रदेश सरकारले अधिकारको दुरुपयोग गर्दै गाउँगाउँ सम्म भ्रष्टाचार पुगाएको प्रतिपक्षी दल राजपाकी प्रदेशसभा सदस्य मालामती रानाले बताईन्।

प्रदेश सरकार विकास निर्माणका काममा एक्दमै सुस्त छ। रानाले भनिन्, ‘प्रदेशमा भ्रष्ट्राचार मौलाएको छ। प्रदेशको सुशासन ऐन पनि छ। तर ऐन कार्यान्वयनमा गएको छैन्।’ प्रदेश सरकार गठन भएको पहिलो वर्ष सिकाई र कानून निर्माणको वर्ष भएको दावी गरिएको थियो। तर दोस्रो वर्ष बत्दिा पनि प्रदेश सरकारको काम गर्ने शैलीमा परिवर्तन नआएपछि प्रदेशसभा सदस्यहरुमा पनि नैराश्यता  उत्पन्न भएको हो।

उनीहरुले प्रदेशसभा सदस्य भएको भान समेत गर्न नपाएको गुनासो गरेका छन्। सुदूरपश्चिमका मन्त्रालयमा विकासका योजना माग गर्दा खल्तीबाट दिएको जस्तो व्यवहार मन्त्रीबाट हुने गरेको गुनासो नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य दिव्यश्वरी शाहको छ। उनले सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले योजना माग गर्दा खल्तीबाट दिएको जस्तो व्ययभार गरेको उनको गुनासो छ।

‘हामीले धेरै पटक मुख्यमन्त्री र मन्त्रीलाई सरकारको कामको बारेमा ध्यानाकर्षण गराएका छौँ। उनीहरुले चासो दिएका छैनन्। भ्रष्ट्राचारमा मात्र उनीहरुको ध्यान छ। जनताको कामको बारेमा सुन्न पनि उनीहरु तयार छैनन्।’ प्रदेश सभा सदस्य शाहले भनिन्। २०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अहिलेका प्रदेशसभा सदस्यहरुले पनि जनतालाई विकास निर्माणको काम गर्ने आश्वासन दिएका थिए।

अहिले सुस्त प्रदेश सरकारका कारण काम गर्न नसकिएको गुनासो प्रदेशसभा सदस्यहरुको छ। उनीहरुले कानून निर्माणमा केही प्रगती भएको जस्तो देखिएपनि विकास निर्माणमा प्रदेश सरकार सुस्त रहेको बताएका हुन्। सत्तारुढ नेकपाकै प्रदेशसभा सदस्य बलबहादुर सोडारीले प्रदेश सरकारले केही नगरेको भन्ने नभएको बताए। ‘तर जनताको अपेक्षा बढि भएको उनले बताए।

 प्रदेश सरकारले केही नगरेको भन्ने हैन्। सुरुवाती चरणमा रहेकाले अन्यौल्ता छ। कर्मचारीको अभावका कारण पनि विकास निर्माणका काम गर्न समस्या छ।’ उनले भनिन्। विकास निर्माण भन्दा पनि सुदूरपश्चिम प्रदेश सरकार भ्रष्ट्राचारमा लिप्त भएको आरोप प्रदेशसभा सदस्यको छ। पहिलो वर्ष परिक्षणको रुपमा लिएको भएपनि दोस्रा वर्षमा पनि अधिकारको दुरुपयोग गर्दै गाउँगाउँ सम्म भ्रष्टाचार मात्रै पुगेपछि प्रदेश सभा सदस्यहरु निरास छन्। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस