सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकमा २७ करोड फेक आइडी

२०७६ फाल्गुन ४, ०९:१८

सामाजिक सञ्जाल फेसबुकमा २७ करोड ५ लाख भन्दा बढी फेक आइडी भएको खुलेको छ। फेसबुकले ३१ डिसेम्वर २०१९ सम्मको रिर्पोट सार्वजनिक गर्दै यस्तो फेक आइडीको तथ्यांक पनि सार्वजनिक गरेको हो। रिर्पोटमा ३१ डिसेम्वर २०१९ सम्ममा फेसबुकको मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या २ अर्ब ५० करोड रहेका छन।  यो सन २०१८ को अन्तिम महिनाको तुलनामा ८ प्रतिशतले बढी हो।

जसमा २७ करोड ५ लाख भन्दा बढि फेक आइडी नै भएको उसले जनाएको छ। रिर्पोटले २०१९ को अन्तिम त्रैमासिकमा नक्कली वा एकै व्यक्तिको दोहोरो अकाउन्टको अनुपात मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या लगभग ११ प्रतिशत रहेको बताईएको छ। त्यस्तै फेसबुकले यस्ता एकाउन्टहरु धेरै बिकसित बजारहरुभन्दा बिकासशिल रहेका बजारहरु इन्डोनेशिया र फिलिपिन्स जस्ता मुलुकहरुमा बढि रहेको बताएको छ।

फेसबुकले यस्ता अकाउन्टलाई प्रयोगकर्ताले आफुले धेरै चलाउने अकाउन्टको विकल्पको रुपमा राख्ने गरेको पनि जनाएको छ। यस्तै फेसबुकको स्वामित्व रहेको कम्पनी ह्वाटसएपले भारतमा फेक न्युजको बारेमा भारत सरकारसँग कुराकानी गरिरहेको खबरहरुपनि सार्वजनिक भएको छ।
 

कमेन्ट लोड गर्नुस