सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी बोहराले जन्माईन् तिम्ल्याह छोरा, उपचारमा आर्थिक अभाव

२०७६ फाल्गुन ३, ०१:१९ खबर संवाददाता

कैलालीकी महिलाले नेपालगञ्नमा तिम्ल्याह शिशु(छोरा) जन्माएकी छन्। डोटीको बड्डीकेदार गाउँपालिका घर भई कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमाला बस्दै आएकी २२ वर्षीय हेमा बोहराले गत माघ २८ गते राती नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा तिम्ल्याह छोरा जन्माएकी हुन्।

उनका श्रीमान नरेश बोहराले शल्यक्रिया मार्फत तीन शिशु जन्मीएको दिनेश खबरलाई बताए। उनका अनुसार दुई शिशुको तौल दुई÷दुई हजार ग्राम र एकको आठ सय ग्राम छ। दुई शिशुको अवस्था असामान्य रहेपछि चार दिन आईसियुमा राखिएको बोहोराले बताए।

तर अहिले भने उनीहरुलाई आईसियुबाट निकालिएको छ। तर उनीहरुको उपचारमा लागेको खर्चको अभाव भएको गुनासो गरिएको छ।

बोहोराले शल्यक्रिया गरी जन्मीएका शिशु र आमाको उपचारका लागेको पैसा आफूसंग नभएकाले सहयोग गरिदिन आग्रह गरेका छन्। उनले अहिले सम्म डेढ लाख भन्दा बढि खर्च भएपनि तिर्न नसकिएको बताए।

प्रसुती व्यथा लागेपछि धनगढीको सेती अस्पताल पुगेकी बोहोरालाई माघ २८ गते नै नेपालगञ्ज रेफर गरिएको थियो। 
    
 

कमेन्ट लोड गर्नुस