सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनसनरत लक्ष्मण थारुको स्वास्थ्यमा समस्या

२०७६ फाल्गुन ३, ११:०९ कमल सावद

धनगढी : धनगढीमा अनसनमा बसेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखिएको छ। उनलाई चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका छन्।

उनको स्वास्थ्य परिक्षण गर्दैै सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शार्माले थारुको शरिर कमजोर बन्दै गएको बताए। उनले अन्य भित्रि अंगको समस्याका बारेम परिक्षणका लागि अस्पताल जानु पर्ने उनले बताए। रेशम चौधरीको रिहाइ सहितका विभिन्न माग राख्दै धनगढीमा फागुन १ गतेदेखि थारु अनसनमा छन्।

यस्तै मोर्चाले शनिबार पनि बिरोध सभाको आयोजना गर्ने तयारी गरेकोछ। शनिबार दिउँसो १ देखि ३ बजे सम्म हुलाकी राजमार्ग बन्द गर्ने कार्यक्रम रहेको शनिबार बिहान पत्रकार सम्मलनको आयोजना गरि जानकारी दिईएको छ। रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राखिएको छ।

मोर्चाको आन्दोलन तथा अनशनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस