सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेघरीमा मोटसाईकल दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु, एक जना गम्भिर

दुर्घटना भएको स्थान/ फाईल फोटो
दुर्घटना भएको स्थान/ फाईल फोटो
२०७६ फाल्गुन ३, १०:४३ खबर संवाददाता

कैलालीमा मोटसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर २ तेघरी स्थित अत्तरीया बाट गोदावरी तर्फ गईरहेको से ७ प ४०७९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई माटोको ढिस्कोमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो भने मोटरसाईकलमा सवार गम्भिर घाईते भएका छन्।

चालक धनगढी उप–महानगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी ३५ बर्षीय पदम निधी पण्डितको मृत्यु भएको हो भने पछाडी सवार धनगढी उप–महानगरपालिका वडा नम्वर ३ बोराडाडी बस्ने २८ बर्षीय कमल जोशी गम्भिर घाईते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परि दुवै जना गम्भिर घाईते भएका थिए। 

दुवै जनालाई उपचारका लागि पदमा अस्पताल अत्तरीयामा लगिएकोमा थप उपचारका लागि गयराती नै सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएको थियो। चालकको सेती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकलमा सवार जोशीलाई गयराती नै थप उपचारको लागि भारतको हलद्वानी रेफर गरिएको छ। 

कमेन्ट लोड गर्नुस