बैतडी समाज कैलालीले भोली धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्दै
बैतडी समाज कैलालीले भोली धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। स्वास्थ्य संस्थाहरुमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै समाजको वार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैतडी समाज कैलालीले जनाएको छ।
बैतडी समाज कैलालीका रक्तदान कार्यक्रम संयोजक राजु चन्दले भोली बिहान ९ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने जानकारी दिए। चन्दले बैतडी समाजले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सरिक भईदिन हुन सबैमा अनुरोध समेत गरेका छन्।
कार्यक्रम धनगढीको रातोपुल स्थित होटल जलसाको प्राङ्गणमा हुनेछ। बैतडी समाजले वार्षिक कार्यतालिका अनुसार वर्षमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।