सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिपको ठक्करबाट ड्युटीमा रहेका असईको मृत्यु

२०७६ फाल्गुन २, ०४:४५ खबर संवाददाता

जिपको ठक्करबाट असईको एक जना प्रहरी सहयक निरीक्षकको मृत्यु भएको छ। भ्रेको बनेपा नगरपालिका–१३ स्थित सडकमा ब १९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। नवलपरासी घर भएका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए।
 

कमेन्ट लोड गर्नुस