सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाह गर्न लागेका बेहुलाकी पहिलो श्रीमतीले विवाह स्थल आएर सर्ट पाइन्ट नै च्यातिदिएपछि...

। फोटो स्रोत ।
२०७६ फाल्गुन २, ०८:५९ खबर संवाददाता

एक बेहुला आफ्नै विवाह मण्डपबाट लखेटिएका छन्। बेहुलाकी जेठी श्रीमतीले नयाँ बेहुलीलाई उनका बेहुलाको पहिले नै एकजना होइन, दुईजनासँग विवाह भइसकेको जानकारी दिन विवाह स्थल आएपछि उनी लखेटिएका हुन्। करिब ३३–३४ वर्षका आसिफ राफिक सिद्दीकीलाई बेहुलीको परिवारले लछारपछार गर्दै कुटपिटसमेत गरेका छन्। उनीबारे यस्तो जानकारी सार्वजनिक भएपछि रिसाएका भीडले उनले लगाएको सर्ट र पाइन्ट दुबै च्यातिदिएका छन्।  

भीडबाट बच्नका लागि बस मुनी लुकेका बेहुलालाई पछि अपरिचित व्यक्तिले बचाएका छन्। पाकिस्तानमा बहुविवाह वैध छ। एक व्यक्तिले चारजना श्रीमती राख्न पाउँछन् तर यसका लागि उनले श्रीमतीहरुको अनुमती लिनुपर्छ। घटनाको भिडियो पनि सोसल मिडियामा सार्वजनिक भएको छ। भिडियोमा देखिए अनुसार विवाह स्थलमा एकाएक एक रिसाएकी महिला प्रवेश भएपछि एक व्यक्तिले प्रश्न गर्छन, ‘बहिनी के भयो?’

मदिहा सिद्दीकी नामकी ती महिलाले कुराको चुरो समात्न बेर लगाइनन्। ‘उनी मेरा श्रीमान् हुन, र उनी यो बच्चाको बुवा पनि हुन्। उनले मलाई आफू तीन दिनका लागि हैदराबाद जान लागेको बताएका थिए,’ ती महिलाले आरोप लगाइन्। उनी एक बच्चासहित उपस्थित भएकी थिइन् जसलाई उनले आफ्नो छोरा बताएकी थिइन्। त्यसपछि उनलाई केही पर राखेर कुराकानी गरियो। त्यसपछि उनले नयाँ बेहुलीसँग पनि कुरा गरिन्।

‘तिमीलाई थाहा थिएन? उनी मेरा श्रीमान् हुन्? उनले यो अबोध बालकको पनि ख्याल गरेनन्।’ मदिहाका अनुसार उनले आसिफसँग सन् २०१६ मा विवाह गरेकी थिइन् । कराँची फेडरल उर्दू युनिभर्सिटीमा भेट भएपछि उनीहरुबीच प्रेम बसेको र विवाह गरेको पनि उनले जानकारी दिइन्।त्यसप छि आसिफले सन् २०१८ मा जेहरा असरफसँग गोप्य रुपमा दोस्रो विवाह गरेको मदिहाले बताइन्। श्रीमानकी नयाँ श्रीमतीको मेसेज देखेपछि उनले दोस्रो विवाह गरेको थाहा पाएको मदिहाले बताइन्।

सुरुमा आफूले दोस्रो विवाह गरेको अस्विकार गरेपनि पछि श्रीमानले उक्त कुरा स्विकार गरेको मदिहाले जानकारी दिइन्। जेहराले नै उनलाई श्रीमानले तेस्रो विवाह गर्न लागेको भन्ने जानकारी दिएको उनले बताइन्। त्यसपछि के भयो जानकारीमा उल्लेख नभएपछि घटनास्थलमा बोलाइएका प्रहरीले बेहुलीका आफन्तले बेहुलाको रामधुलाई गरेको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस