अव्यवस्थीत विद्युतीकरणले धनगढीमा एकै दिन लाखौँको क्षती
धनगढी : धनगढीमा अव्यवस्थीत विद्युतीकरणले विद्युत सर्ट हुँदा स्थानीयका विद्युतीय उपकरमा ठूलो क्षती भएको छ। उप–महानगरपालिकाको वडा नम्बर ५ र ६ मा बुधबार मात्रै अव्यवस्थीत विद्युतीकरणका कारण लाखौँको क्षती भएको हो।
स्थानीयले विद्युत सर्ट हुँदा टेलिभिजन, ल्याप्टप, बल्ब, तथा मोबाईलका चार्जर जलेको बताएका छन्। उप–महानगरपालिका वडा नम्वर ६ का स्थानीय सुशिला शाहीले बुधबार दिउँसो विद्युतीय उपकरणमा क्षती भएको बताईन्। उनले ३२ ईन्चको टेलिभिजन, ल्याप्टकको चार्जर, मल्टिल्लकहरु जलेको बताईन्। प्राधिकरणले विद्युतको लाईन विस्तारमा गरेको लापरवाहीकै कारण विद्युत सर्टको समस्या आएको आरोप उनीहरुको छ।
वडा नम्बर ५ तारानगरका स्थानीय दुर्गादेवी सिँहले गत वर्ष पनि विद्युतीय उपकरणहरुमा क्षती भएको बताईन्। स्थानीयले विद्युतको भोल्टेज अनियमित हुँदा यस्तो समस्या आएको बताएका छन्। स्थानीय नामसरा देवि भट्टले ३२ ईन्चको टेलिभिजन जलेको बताईन्। विद्युतका तार तथा ल्याप्टप र मोबाईलका चार्जहरु पनि जलेको उनले बताईन्। घरमा प्रयोग हुदै आएका टेलिभिजन, सेटअप बक्स, पानी तान्ने मोटर, विद्युतका बल्व तथा तार जलेको उनको गुनासो छ। स्थानीयले विद्युतका कारण ठूलो क्षती भएकाले क्षतीपुर्ती पाउँनु पर्ने माग गरेका छन्।
तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने प्राविधिक समस्याका कारण त्यस्तो भएको बताएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले प्राविधिक समस्याका कारण यस्तो भएको बताउँदै मर्मत भईसकेको दावी गरे। उनका अनुसार दुई तार एकआपसमा जुधेपछि विद्युतीयक उपकरण जलेका हुन्।