सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालले मागेका ४७ कर्मचारीका लागि ३ सय ३ जनाको आवेदन

२०७६ फाल्गुन १, ०४:१३ खबर संवाददाता

सेती प्रादेशिक अस्पतालले माग गरेका ११ जना विशेषज्ञ चिकित्सक सहित विभिन्न तहका ४७ कर्मचारीका लागि तीन सय बढिले आवेदन दिएका छन्। अस्पतालले १५ दिने सूचना जारी गर्दै गत माघ १२ गते दरखास्त आह्वान गरे अनुसारका पदमा विभिन्न तहका विशेषज्ञ चिकित्सक, नर्सिङ कर्मचारी समेत गरी तीन सय तीन जनाले आवेदन दिएको अस्पतालले जनाएको छ।

अस्पतालको कर्मचारी पदपूर्ती समितिका सदस्य समेत रहेका अधिकृत छैठौँ लक्ष्मीदत्त भट्टले विशेषज्ञ चिकित्सक सहितका नर्सिङ कर्मचारीका लागि तीन सय तीन जनाको आवेदन परेको जानकारी दिए। गाईनोलोजिष्टमा तीन जना माग गरिएको तीनवटा आवेदन, एनेष्थेसियोलोजिष्टमा एक जना माग गरेकोमा एकजना, पेडियाट्रिसियनमा दुई जना माग गरेकोमा एउटा मात्र आवेदन परेको भट्टले बताए।  

अर्थोपेडिक सर्जनमा दुईजना माग गरेकोमा एकजना, ईएनटी सर्जन, फिजियन, रेडियोलोजिष्टका लागि एक÷एक जना मागिएकोमा एउटा–एउटा आवेदन परेका छन् भने एकजना सर्जन माग गरिपनि तीनजनाको आवेदन परेको अधिकृत छैठौँ भट्टले दिनेश खबरलाई जानकारी दिए।

छ जना मेडिकल अधिकृतका लागि नौँ जना, एकजना फिजियोथेरापिष्टका लागि नौँ जना, एकजना अस्पताल व्यवस्थापक अधिकृतमा चार जना, एक÷एक जना मागिएको एनेस्थेसिया सहायक र माईक्रोबायोलोजिष्टमा एउटा–एउटा तथा २३ स्टाफ नर्सका लागि दुई सय ८ र दुईजना ल्याब टेक्निसियनका लागि ६० जनाले आवेदन दिएको भट्टले दिनेश खबरलाई बताए।

तर अस्पतालले एक जना  मेडिकल ल्याब ट्याक्नोलोजिष्टका लागि माग गरेपनि दरखास्त परेको छैन्। आवेदन दिएकाहरुको हकमा आउँदो फागुन १० गते धनगढीको ऐश्वर्या विद्या निकेतनमा लिखित परिक्षा गरिने भट्टले जानकारी दिए।अस्पतालको पदपूर्ती समितिको बैठक अनुसार २०७७ असार मसान्त सम्मका लागि ती पदहरुमा दरखास्त आह्वान गरिएको थियो।  

कमेन्ट लोड गर्नुस