सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डको खुलासा –‘गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला फौजी आक्रमण गर्नुर्पयो भन्नुहुन्थ्यो’

२०७६ फाल्गुन १, ०२:२८ खबर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु र्पयो भन्ने गरेको खुलासा गरेका छन्।

२५ औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग आफ्नो दिनदिनै फोनमा कुरा हुने गरेको बताए।  

प्रचण्डले भने, ‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुर्पयो, ठूल्ठूला फौजी आक्रमण गर्नुर्पयो, सदरमुकाम नै हान्नु र्पयो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ।’

 ‘अर्को कुनै नेतृत्व हुन्थ्यो र अर्को कुनै विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउन सम्भव थिएन, त्यो सजिलो कुरा थिएन’, प्रचण्डले भने। टाउकोको मूल्य तोकेकै कारण पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताउँदै उनले धेरैले शान्ति सम्झौता हुन्छ भनेर नसोचेको बताए।
 

कमेन्ट लोड गर्नुस