त्रिनगर नाकाबाट चार किलो ८ सय ग्राम चरेश सहित दुईजना पक्राउ
धनगढी: प्रहरीले त्रिनगर नाकाबाट लागु औषध ओसारपसार गरिरहेका दुईजनालाई पक्राउ गरेको छ। सोमबार कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ शान्ती पुर्नस्थापना केन्द्र अगाडी धनगढीबाट त्रिनगर नाका गइरहेका दुईजनालाई ४ किलो ८ सय ग्राम चरेशसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालीका–९ का २४ वर्षीय विश्वास थापा र २५ वार्षीया सिता रानामगर रहेका छन। कम्मरमा बाधेर भारततर्फ चरेश लैजाँदै गर्दा त्रिनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए।
उनीहरुलाई थप कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरमा पठाइने उनले बताए।