कैलालीको घोडाघोडी क्याम्पसमा तालाबन्दी
कैलालीको घोडाघोडी नगरपालिका सुख्खडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। फागुन १४ गते हुने स्ववियु निर्वाचनमा क्याम्पसले रकम असुल्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन्।
स्ववियू निर्वाचनमा भाग लिन हाल सम्मको बक्यौता रकम तिर्नुपर्ने तथा निर्वाचनकै लागि २ हजार तिरेर परिचय पत्र बनाउनुपर्ने भनिएपछि तालाबन्दी गरिएको हो।