बाजुरामा जंगली बदेलको आक्रमणबाट ७ जना घाइते
बाजुरामा जंगली बदेँलको आक्रमणबाट ७ जना घाइते भएका छन्। जिल्लाको गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली जनावर बदेलले आक्रमण गर्दा घाइते भएको प्रहरीले जनाउको छ। बाजुरा प्रहरीका अनुसार घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा,४० वर्षीय पूर्ण विक ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेका छन्।
यस्तै घाइते मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ। उनको हातमा चोटलागेको छ। यस्तै पुर्ण विक र डबल रोकायाको हात खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस्तै घाइतेमध्ये चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फर्काइएको बाजुरा प्रहरीले जनाएको छ।