सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बँदेलको आक्रमणबाट महिला घाईते

२०७६ माघ २७, ०५:५२ जनक विष्ट

जंगली बँदेलको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको केआइसिंह गाउँपालिका-७ की तुल्छी भण्डारी गम्भीर घाइते भएकी हुन्।

कुराउलो सामुदायिक बनको बाटो हुँदै शिखर नगरपालिका- १ कपल्लेकी आफन्तको घर जाँदै गरेको अवस्थामा आइतबार बँदेलले आक्रमण गरेको थियो। घाइते भण्डारीको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भईरहेको छ। आक्रमणबाट घाइते महिलाको अनुहार क्षतविक्षत भएको सुजङ्ग अस्पतालका डाक्टर मोहन पुजारीले बताए।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस