कैलालीमा बलात्कारको आरोपमा एकजना पक्राउ
कैलालीमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ का हरि प्रसाद डगौराले एक १४ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यहि माघ २० गते बलात्कार गरेको आरोपमा जाहेरी आएपछि डगौरालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उक्त घटनाका विषयमा थप अनुसन्धान भईरहेको उनले बताए।