सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि अनुदानमा भ्रष्टाचार गरेको भन्दै ६ जना विरुद्ध मुद्दा

२०७६ माघ २४, ०४:१५ खबर संवाददाता

भटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तुका मत्स्य विकास अधिकृत सुरेन्द्रप्रसाद भुजसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।  आयोगले  मत्स्य विकास अधिकृत सुरेन्द्रप्रसाद भुज, पशु चिकित्सक डा। रुपनारायण श्रेष्ठ र पशु विकास अधिकृत डा सोहन गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कपिलवस्तु शिवराज नगरपालिका–११ स्थित नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका नाममा दुर्गाप्रसाद खनाल र सचिव उमेश चौधरीलाई प्रतिवादी बनाइएको छ। बाख्रापालन कार्यक्रमको लागि सरकारी अनुदान रकममा भएको हिनामिनामा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनीहरुबाट ६ लाख भ्रष्टाचार भएको भन्दै विगो मागिएको छ।  ६ जना आरोपीविरुद्ध  भ्रष्टाचार निवारण ऐन  बमोजिम सजाय मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।  

कमेन्ट लोड गर्नुस