कैलालीमा युवती मृत्यु प्रकरण : धनगढीमा प्रर्दशन
धनगढी: कैलालीमा युवती मृत्यु प्रकरणमा मृतक उर्मिला विष्ट कार्कीको गलत पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन्।
गत १८ गते कैलालीको अत्तरीयामा उनी मृत फेला परेकी थिइन्। तर उक्त घटनामा वास्तविकता बाहिर ल्याउनुको साटो दोषिलाई बचाउने प्रपञ्च गरी पोष्टमार्टम रिपोर्ट नै गलत सार्वजनिक गरिएको भन्दै धनगढीमा महिलाहरु आन्दोलीत भएका छन्।
उनिहरुले ‘हत्यारालाई कार्वाही गर, महिला हिंसा बन्द गर’ लगायतका नारा लगाउँदै धनगढीको चौराहादेखि सेती प्रादेशक अस्पतालसम्म प्रर्दशन गरेका थिए। मृतकलाई न्याय नपाइदासम्म निरन्तर आन्दोलन थाल्ने प्रर्दशनमा सहभागी स्थानीय धना ओलीले बताइन्।
तर प्रहरीले भने शव परिक्षणबाट मृत्युको एकिन कारण नखुलेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले शव परिक्षण रिर्पोटमा कुनै कारण नखुलेकाले भिसेरा परिक्षणका लागि पठाईएको जानकारी दिए।