सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चितुवाको आक्रमणबाट एकजना घाइते

फाइल फोटो
फाइल फोटो
२०७६ माघ २०, ०१:१२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा  जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायल पैतडा टाल बस्ने ७९ वर्षीय जोगी देउवा रहेका छन्। 

सोमबार बिहान घरनजिकै गहुँबारीमा घाम तापिरहेको अवस्थामा चितुवाले देउवालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। चितुवाको आक्रमणबाट उनको दाहिने गाला र दाहिने तिघ्रामा चोट लागेको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए। 

घाइते भएका देउवालाई प्रहरी टोलीले उद्धारगरि उपचारका लागी डडेल्धुरा अस्पताल डडेल्धुरामा पठाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

कमेन्ट लोड गर्नुस