सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नेकपा माओवादी(क्रान्तिकारी) द्वारा एमसीसी सम्झौताको विरोध

२०७६ माघ १९, ०४:१६ खबर संवाददाता

कैलाली: सरकारले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको अनुदान सम्झौता सम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै नेकपा माओवादी(क्रान्तिकारी)ले विरोध प्रर्दशनसहित कोण सभाको आयोजना गरेको छ।

कैलालीको अत्तरीयामा आईतबार पार्टीले कालापानी क्षेत्र भारतीय नक्सामा सार्वजनिक गरीँदा समेत सरकार मौन बसेको र राष्ट्रघाती एमसीसी विधेयक ल्याउन खोजेको भन्दै खारेज हुनुपर्ने माग अघि सारेको छ। 

कोण सभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज डाईमन्डले सरकारको गलत कदम प्रति सचेत हुन आग्रह गरे। उनले एमसीसी सम्झौता कुनै पनि हालतमा नेपालका लागि स्वागतयोग्य नभएको बताए।

त्यस्तै नेकपा(क्रान्तिकारी) माओवादीका प्रदेश सचिव रामबहादुर महराले नयाँ शक्ति निर्माणमा जोड दिईनुपर्ने बताउँदै सिमा मिचिँदा समेत सरकार मौन बसेको भन्दै आपत्ति जनाए। 

यसअघि पार्टीले देश व्यापिरुपमा चलिरहेको मेची–महाकाली अभियान अन्र्तगतको राष्ट्रिय स्वाधिनता तथा संगठन बिस्तार कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरबाट सुरु गरेको थियो। 

अभियान कञ्चनपुरका विभिन्न स्थानीय तह हुँदै आज कैलालीको अत्तरीयामा पनि कोण सभा गरीएको प्रदेश सचिव महराले बताए। उनले अभियान निरन्तर अगाडी बढीरहेको बताए।
 

कमेन्ट लोड गर्नुस