कैलालीमा स्टीम एक्पो तथा च्यालेन्ज हुने
कैलाली: कैलालीमा स्टीम एक्पो तथा च्यालेन्ज हुने भएको छ। जिल्लाको गोदावरी नगरपालिकामा रहेको एभरेष्ट एकेडेमीको प्राङगरमा एक्पो हुने भएको हो। फागुन २९ देखि २ गते सम्म एक्पो हुने आयोजकले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ।
२९ गते विभिन्न विद्यालयका प्रधानध्यापकहरुलाई स्टीमका बारेमा जानकारी दिने र १ र २ गते विद्यार्थीहलाई प्रदर्शनी देखाउने आयोजकले बताएको छ। विद्यार्थीहलाई प्रयोगात्मक, अनुसन्धान, समुहकार्य तथा प्रस्तुतीकरणका बारेमा एक्पोमा जानकारी दिइने भएको छ।
विद्यार्थीलाई विज्ञान, प्रविधि, ईन्जीनियरीङ्ग कलालाई गणितको माध्यमबाट प्रस्फोटन गर्ने बताइएको छ। उक्त कार्यक्रममा सुदूरपश्चिमका एक सय भन्दा बढि विद्यालयको सहभागिता रहने आयोजकले बताएको छ।
गोदावरी नगरपालिकाको पाँच, एकेडेमीको एक लाख र बाँकी अन्य व्यक्तिहरुबाट संकलन गरेर कार्यक्रमको आयोजना गरिने छ। कार्यक्रममा सात लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ। स्टीम च्यालेन्जका लागि तीन र स्टीम एक्पो परियोजनाका लागि २ जनाको सहभागिता रहने छ। प्रतियोगितामा सहभागि संस्थागत विद्यालयले दुई र सामुदायिक विद्यालयले एकलाई शुल्क तिर्नुपर्ने छ।
सामुदायिक विद्यालयले एकलाई शुल्क तिर्नुपर्ने छ। विद्यार्थीहरुले अवलोकन भने निशुल्क गर्न पाउँनेछन्।