सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवपुरी धामको आठौँ साधारणसभा सम्पन्न

२०७६ माघ १८, ०७:५९ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको शिवपुरी धामको आठौँ साधारणसभा सम्पन्न भएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिलिङ्ग धामको आठौँ साधारण सभा सम्पन्न भएको हो। 

धामको परिसरमा आयोजित सभाका सभापती शिवपुरीका धामका अध्यक्ष श्यामसुन्दर तायल रहेका थिए भने प्रमुख अथिती धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर वड रहेका थिए।  

कार्यक्रममा धामका वरिष्ठ उपध्याक्ष वलदेव भट्टले स्वागत मन्तव्य राखेका थिए भने कोषाअध्यक्ष धनबहादुर भण्डारीले आयव्यय प्रस्तुत गरेको धामका सचिव सिद्धराज पनेरुले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस