धनगढीमा शैक्षिक मेला हुने
धनगढी: धनगढीमा शैक्षिक मेला हुने भएको छ। हिमालयन् एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २२ र २३ गते दुई दिन शैक्षिक मेला हुने जानकारी दिएको छ।
मेला धनगढीस्थित होटल जलशामा हुने आयोजक हिमालयन् एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक भरतराज जोशीले जानकारी दिए। उनले माघ २२ र २३ गते बिहान १० बजे देखी साँझ ५ बजेसम्म २ दिने शैक्षिक मेला हुने जानकारी दिए।विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने लक्ष्यले मेलाको आयोजन गरिएको जोशीले बताए।
मेलामा काठमाण्डाँै, छिमेकि राष्ट्र भारत लगायत धनगढीका २५ शैक्षिक संस्था र हजार बढी विद्यार्थीहरुको उपस्थिति रहने बताइएको छ।