सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत सुत्केरीको उद्दार

फाईल फोटो
फाईल फोटो
२०७६ माघ १८, १०:३३ खबर संवाददाता

बाजुराबाट सुत्केरी महिलाको उद्दार गरिएको छ। जिल्लाको स्वामीकार्तिक–खापर गाउँपालिका वडा नम्बर १ खोलाहाकी गीता विकको सेनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो। एक हप्तादेखिको सुत्केरी व्यथापछि प्रसुती भएकी विकको अत्यधिक रक्तश्राव भएपछि शुक्रबार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरेको हो। सुत्केरी व्यथापछि विकलाई आफन्तले सामुदायिक स्वास्थ्य संस्थामा पु¥याएका थिए।

सुदूरपश्चिम प्रदेशका सांसद बलदेव रेग्मी र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चीरन्जीवी शाहीको पहलमा उनको उद्दार गरिएको हो। संघिय सरकारको बजेटमा उनलाई नेपालगञ्ज लगिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाजुराका स्वास्थ्य संस्थामा पर्याप्त औषधी, उपकरण अभावका कारण बिरामीले समयमै उपचार पाउँदैनन्।

बाजुराका सुत्केरी तथा जटिल खालका विरामीलाई सुविधा सम्पन्न ठाउँमा रेफर गर्नु वाहेक विकल्प नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। बाजुराका दुरदराजका स्वास्थ्य संस्थामा औषधी उपकरण र कर्मचारीको अभावले स्थानीयले समयमै उपचार नपाउँदा अकालमा ज्यान जाने गरेको छ।

कमेन्ट लोड गर्नुस