डडेल्धुरामा कांग्रेसले मनायो सहिद दिवस
डडेल्धुरा: डडेल्धुरामा नेपाली कांग्रेसले सहिद दिवस मनाएको छ। बिहिबार नेपाली काँग्रेस पार्टी कार्यालय किसुन जी भवनमा पार्टीले कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो।
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै दिवस मनाइएको सुदरूपश्चिमका प्रदेश सांसद तथा नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्लले बताए।
देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै सहिद दिवस मनाइएको उनले बताए।