सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अवैध हतियारसहित एक जना पक्राउ

२०७६ माघ १५, ०४:२९ खबर संवाददाता

डडेल्धुरा: प्रहरीले डडेल्धुरामा अवैध हतियार भरुवा बन्दुकसहित एक जनाालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको परशुराम नगरपालिका– ३ बस्ने ५४ वर्षीय नरसिँह नायक रहेका छन। 

नगरपालिकाको द्धारीबन जंगलबाट प्रहरीको टोलीले नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।

पक्राउ परेका निजमाथी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजीम हातहतियार खरखजाना कशुरमा अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस