सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कैलालीको अध्यक्षमा ओली

२०७६ माघ १३, ०९:४४ खबर संवाददाता

कैलाली: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कैलालीको अध्यक्षमा शंकर ओली चयन भएका छन्। सोमबार सम्पन्न संगठनको तेश्रो अधिवेशनबाट अध्यक्षमा ओली चयन भएका हुन्। 

त्यस्तै संगठनको सचिवमा रामसिहं महरा, कोषाध्यक्षमा विष्णु कुवँर चयन भएका छन्। त्यस्तै सदस्यहरुमा बमबहादुर ओली, कमल ओली, पुरन मल्ल, रमेश श्रेष्ठ र पदम गौतम चयन भएका छन्।

उपाध्यक्ष र सहसचिव पछि टुङयाइने गरी ९ सदस्यीय समिति चयन गरीएको अध्यक्ष संकर ओलीले जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस