धनगढीको निङगलासैनी विद्यापिठमा नवराज शान्ता छात्रवृत्ति कोष स्थापना
धनगढी: धनगढीको निङगलासैनी गुरुकुल संस्कृत विद्यापिठका लागि नबराज शान्ता छात्रवृत्ति कोष स्थापना गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर १३ मा रहेको निङगलासैनी गुरुकुल संस्कृत विद्यापिठका लागि धनगढीकै वडा नम्बर २ बैयावेहडी निवासी नवराज पनेरुले ५१ हजारको छात्रवृत्ति कोष स्थापना गरेका हुन्।
विद्यापिठ संञ्चालनका लागि कोष स्थापना गर्ने अभियान अन्तरगत उक्त कोष स्थापना भएको विद्यापिठका प्रध्यानाध्यापक खगेन्द्र अवस्थीले बताए।
‘गरिव तथा असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न उक्त कोष स्थापना गरिएको हो,’ उनले भने ‘नवजिवन सहकारी संस्थामा तीन वर्षको मुद्दती खातामा उक्त रकम जम्मा गरिएको छ।’ कोष स्थापना गर्ने पनेरु जयकाली ईट्टा उद्योगका संञ्चलाक हुन्।