सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडल : सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमल सोवलाई भोट दिन अपिल

२०७६ माघ १०, ०३:४७ खबर संवाददाता

धनगढी– नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी कमल सोवलाई भोट दिन अपिल गरिएको छ। धनगढीमा कमल सोव जिताउ अभियानको सुरुवात गर्दै भोट दिन अपिल गरिएको हो। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कमलका बुवा नरवहादुरले भोटिङकै आधारमा कमलको नेपाल आइडलको यात्रा निर्धारण हुने भएकाले भोट दिन अपिल गरे। 

क्मल सोव जिताउ अभियानका अगुवा विजय कार्कीले सुदूरपश्चिमबाट आइडलमा सोव एक्ला प्रतिस्पर्धी भएकाले सबैलाई भोट दिएर साथ दिन आग्रह गरे। धनगढीका सोव नेपाल आइडलको उत्कृष्ट १२ मा पुगिसको छन्। नेपाल आइडलको अडिसन धनगढी नभएपछि नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव निर्णायहरुलाई प्रभावित गर्दै उत्कृष्ट १२ सम्म पुगेका हुन्। अव उनको आइडल यात्रा दर्शकहरुको भोटले निर्धारण गर्ने छ। 

अव उनी सुदूरपश्चिम प्रदेशबाट नेपाल आइडलमा प्रतिनिधित्व गर्ने एक्ला प्रतिस्पर्धी हुन्। ५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका सोव त्यसपछिको अध्ययनलाई अगाडी बढाउन धनगढी प्रवेश गरेका थिए।

माध्यमिक शिक्षा सम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका सोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए। संगीतकार कुलदिप राईबाट संगीत सिक्ने मौका पाएका उनले धनगढीका विभिन्न व्याण्डहरुमा समेत जोडिने मौका पाएका थिए।

सोवलाई भोट गर्न मोवाईलको म्यासेज बक्समा गएर  NI 01 लेखि37000 मा पठाउनपर्ने छ। 

कमेन्ट लोड गर्नुस