सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु

२०७६ माघ ९, ०५:४२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। बिहीबार अपरान्ह जिल्लाको महेन्द्रनगर, चम्मन चोकमा से१क ८८७ नम्बरको टिप्परको ठक्करबाट एक युवतीको घटना स्थलमै मृत्यु भएको हो।

मृत्यु भएकी युवतीको सनाखत नभएको प्रहरीले जनाएको छ। घटना लगत्तै चालक फरार भएका छन्।

ट्राफिक कार्यालयभन्दा ५ सय मिटर पश्चिमतर्फ भएको घटनामा चालकको लापरबाही देखिएको स्थानीयले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस