सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाडोमा प्याजको सेवन यसकारण जरुरी छ

२०७६ माघ ८, १०:४३

किन प्याज खाने ?
प्याज हरेक मौसममा प्रयोग हुनेगर्छ। प्याज सबैजसो खानामा मिसाइन्छ।

यसका फाइदाहरु

गर्मी पैदा 
चिनियाँहरु प्याजलाई उर्जाको स्रोत मान्छन्। प्याजको रस चिनियाँ उपचार पद्धितिमा प्रयोग हुनेगर्छ। प्याजको नियमित सेवनले शररिमा गर्मी पैदा गर्दछ जसले जाडो मौसममा शरीरलाई उर्जा प्रदान गर्दछ। त्यसैले प्याजको सेवन जाडोमा आवश्यक छ।

संक्रमणविरुद्ध लड्ने
प्याजकले एन्टी इन्फ्लेमेटरी, एन्टिसेपिटक र एन्टि ब्याक्टेरियल गुणहरु उत्पादन गर्दछ। प्रायः जसो जाडो मौसममा प्याज फलदायी हुने गर्छ। प्याजले सामान्य चिसो, कफ, कान, जोरो र विभिन्न छाला रोगबाट लड्न मद्दत गर्दछ।

दन्त स्वास्थ्य
मानिसहरुले खाना खाइसकेपछि मिठो खान रुचाउँछ। मिठो खाइसकेपछि केहिबेरमा प्याज खाँदा दाँतमा लाग्ने किरा र दुखाईबाट मद्दत गर्दछ। काँचो प्याजको स्वादले मौखिक रोग र गम संक्रमणलाई हटाउन मद्दत गर्दछ।

स्तन क्यान्सरको जोखिम कम
काँचो प्याजले स्तन क्यान्सरको जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुर्याउँछ। एक अनुसन्धान अनुसार काचो प्याजले स्तन क्यान्सरबाट ६७ प्रतिशत जोखिम हटाउँदछ। प्याजमा रहेको गुणहरुले क्यान्सरको कोाषलाई मार्न मद्दत गर्छ।

पाचन स्वास्थ्य र तौल घटाउने
प्याज फाइबर र पूर्व वायोटिकको मूख्य स्रोत हो। यसले पेटलाई स्वास्इथ राख्न मद्दत गर्दछ। चिकित्सक अनुसार पूर्व वायोटिकले शरीरमा क्याल्सियमको उत्पादन गर्दछ। जसले हड्डीको विकासमा मद्दत पुर्याउँदछ। प्याजमा कम मात्रामा क्यालोरी हुनेगर्छ। जसले तौल कम गर्न मद्दत गर्दछ।

कमेन्ट लोड गर्नुस