सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो समस्या देखा परेमा नचिलाउनुस

२०७६ माघ ७, १०:४९

जाडो मौसममा छाला चाउरी परेको कारण चिलाउने गर्छ। चिलाउँदा शरीरमा नङ को कारणले असर समेत गर्छ। त्यसै विषयलाई मध्यनजर राखेर निम्न अवस्थामा ध्यान दिन आवश्यक छ।

सुख्खा छाला

विशेषगरि जाडो मौसममा छाला सुख्खा हुने गर्छ। पसिना र ओसको अभावमा छाला सुख्खा हुने गर्छ । त्यस कारणले शरीर चिलाउने गर्दछ। चिकित्सकका अनुसार सुख्खा छालालाई चिलाउन भन्दा विभिन्न क्रिमको माध्यमबाट नरम बनाउन आवश्यक छ। सुख्खा छालालाई चिलाउँदा शरीरमा असर पर्ने सम्भावना हुन सक्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा छाला नरम हुने र चिलाउन कम हुनेछ।

किराको टोकाइ

किराको टोकाइले शरीरमा रहेको हिस्टामाइन रसायन उत्पन्न हुने गर्छ। उत्पन्न भएको रसायनले चिलाउने प्रक्रियालाई बढाउने गर्दछ। त्यस कारणले शरीरलाई चिलाउँदा आनन्द आउने गर्छ। तर चिकित्सकका अनुसार टोकेको ठाउँमा चिलाउन भन्दा बरफ प्रयोग गर्दा शरीरलाई राम्रो हुने र इन्फेक्सन नहुने जनाएका छन्।

सनबर्न

सूर्यको तापमान अत्याधिक हुँदा हातहरु प्राय जल्ने गर्छ। त्यसकारण हातहरु चिलाउने गर्छ। त्यस ठाउँमा चिलाए घाउ हुने खतरा हुन्छ। जलेको ठाउँलाई पुनः आफ्नो गतिमा आउन केहि समय लाग्छ। चिलाउन भन्दा त्यस ठाउँमा एलोभेरा जेलको प्रयोग गर्न चिकित्सकको सल्लाह रहेको छ।

एक्जिमा

एक्जिमा छालाको सुनिने रोग हो । यसले छालालाई रातो, चिलाउने, रफ हुने गर्दछ। जति चिलाए त्यति सुन्निने गर्दछ। त्यसले झन धेरै छालालाई हानी पु्याउँदछ । यस्तो प्रकारको छाला भएमा क्रिम, लोसन लगाएमा छालालाई राहत दिने गर्दछ।

डान्ड्रफ

जाडो मौसममा डान्ड्रफ कपाल जस्तै हात वा खुट्टामा देखिने गर्दछ। त्यसले प्राय जसो मानिसलाई अफिसहरुमा लज्जीत बनाउने गर्छ। डान्ड्रफले अत्याधिक मात्रामा चिलाउने गर्छ । यसको उपचार एन्टी डान्ड्रफ प्रयोग गर्न चिकित्सकहरु बताउँछन्। 

कमेन्ट लोड गर्नुस