सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक पदपूर्तिबारे स्वास्थ्यमन्त्री नै 'कन्फ्युज'

२०७६ माघ ७, ०५:०३ खबर संवाददाता

डडेल्धुरा : संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री एवंम् कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पताल डडेल्धुरामा चिकित्सक नहुँदा भएको समस्याको मध्यनजर गर्दै दरबन्दी अनुसारका चिकित्सक पदपूर्तिका आफु लागि परेको बताएका छन्।  

मंगलबार प्रेस संगठन नेपाल, डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले यस्तो बताएका हुन्। यद्यपी उनले त्यो पदपूर्ति कहिलेसम्म हुनसक्छ भनेर भन्न नसकिने बताएका छन्। 

‘सयमा सय कहिले हुन्छ भन्ने घोषणा गर्ने नसकेपनि हिजो भन्दा आज सुधारउन्मुख छ’ उनले भने, ‘तर क्रमशः माथी लैजाँदै त्यो संख्यालाई हामी पूर्ण रुपमा कार्यान्वयन गर्नेछौ। त्यसका लागी मन्त्रालयबाट पहल गर्ने र प्रतिबद्धताका साथ काम गर्ने उनको भनाइ छ।

अस्पतालमा कन्सल्टेण्ड चिकित्सक १९ जना र मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत रहने गरी १०९ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो। तर अस्पतालमा ती दरबन्दी पुर्ति भएका छैनन्।

अस्पताल व्यवस्थापन समितिले पूर्णता पाउँछ
डडेल्धुरा अस्पताल डडेल्धुराको व्यवस्थापन समिति रिक्त रहेकोले चाँडोभन्दा चाँडो पूर्णता पाउने मन्त्री ढकालले बताएका छन्। अहिले धेरै अस्पतालका व्यवस्थापन समिति सरकारले एक मुस्ट खारेज गरेकोले डडेल्धुराका अस्पताल व्यवस्थापन समिति रिक्त रहेको बताए।

‘खारेज गरिसकेपछि औचित्यका आधारमा धेरै ठाउँमा खारेज गर्नुहुँदैन् भनेर सम्बन्धित मन्त्रालयले लेखेर पठाएका समितिहरु कायम रहे। तर डडेल्धुरा अस्पताल डडेल्धुरामा परेन्।’ उनले भने, ‘अहिले संघको अस्पताल भएकाले आफू मन्त्री भएर आइसकेपछि केन्द्रमा नै केन्द्रिय समिति बनाएर त्यसको माध्यमबाट हेर्ने व्यवस्था मिलाउने कि भनेर छलफलमा रहेको छु।’

समितिहरुले बैधता प्राप्ति गर्नका लागि सरकारबाट गठन आदेशको माध्यमबाट त्यसले पूर्णता पाउने उनको भनाइ छ। ‘अहिले आन्तरीक छलफलबाट मन्त्री परिषदमा लैजाने तयारीको नजिक नजिक पुगेका छौँ। त्यसैले यहाँको व्यवस्थापन समितिले छिट्टैे पूर्णता पाउँछ’ उनले भने।

मन्त्रीलाई नागरिक समाजको ज्ञापनपत्र
नागरिक समाज डडेल्धुराले मन्त्री ढकाललाई तिन बुद्धे ज्ञापन पत्र बुझाएको छ। सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालको स्तरोन्नतीका लागि प्रदेश तथा केन्द्र सरकारले निर्णय गरे अनुरुप कार्यान्वयनका लागि पहल गनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशीले बताए।

यी हुनु तिन बुद्धे माग
१.सुदूरपश्चिमको सात पहाडी जिल्लाको एक मात्र भरपर्दा स्वास्थ्य संस्था डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारचिकित्सक तथा कर्मचारीको आबश्यक उपकरणको यथासिघ्र व्यवस्थापनका लागि जोडदार माग गर्दछौँ।

२.सुदूरपश्चिमको सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताललाई मेडीकल कलेजको रुपमा विकास र विस्तार गरि सुदूरपश्चिम बासिलाई सहज शुलभ स्वास्थ्य सुविधा प्रदान गर्ने गरि जनताको र्मौलिक अभिकार सुनिश्चित गरियोस्।

३.डडेल्धुरा जिल्लाको भौगलिक विकटतामा रहेको परशुराम नगरपालिका स्थित जोगबुढा अस्पताल जोगबुढामा आबश्यक चिकित्सक स्वास्थ्यकर्मी तथा उपकरणको अभाव रहेकोले तत्काल वेवस्था गरियोस्। 

 

कमेन्ट लोड गर्नुस