सुदूर नेपाललाई विश्वसँग जोड्दै

सौन्दर्य बढाउने कस्मेटिक्स स्वास्थ्यका लागि घातक

२०७६ माघ ७, १०:२८ खबर संवाददाता

सुन्दर देखाउन  प्रयोग गरिने कस्मेटिक्समा केमिकल मिसाइएका हुन्छन्। ती केमिकलले  हाम्रो छालामा रहेका स–साना प्वालबाट छिरेर रगतमा मिसिन सक्छ। महिलाको मात्र नभएर पुरुषले लगाउने सेभिङ क्रिम वा कपालमा लगाउने जेलमा पनि यस्तो केमिकल हुन्छ। 

यस्ता छन् ती केमिकलको असर:-

-चायाँ हटाउन प्रयोग गरिने स्याम्पुका लागि बनाइने क्रिममा तारको मिश्रण हुन्छ। यसले छालालाई सीधै असर गर्छ।

-लिपस्टिक वा कपाललाई ड्राइ गर्ने तत्त्वमा सिसाको प्रयोग अत्यधिक हुने गरेको पाइन्छ, जसले छाला तथा रगतलाई अत्यधिक हानि गर्छ।

-बच्चालाई लगाउने तेल, मोस्चराइजर वा महिलाले कपालमा लगाउने जेलमा मिनरल आयल वा पेट्रोलको मात्रा मिसाइएको हुन्छ। जुन छालाको छिद्रामा यसरी टाँसिएर रहन्छ, जसले शरीरको विकारलाई बाहिर निकाल्न दिँदैन। यसले डन्डिफोर, बिमिराजस्ता छालाका संक्रमण हुन्छन् भने शरीरलाई पनि आलस्य बनाउँछ।

-सूर्यको हानिकारक किरणबाट बच्न प्रयोग हुने सनस्क्रिनमा अक्सिवेनजोन केमिकल हुन्छ। यो केमिकल शरीरको फाटेको ग्रन्थिमा जम्मा भई एलर्जी उत्पन्न गराउँछ। त्यसका साथै हर्मोनमा असन्तुलन पैदा गरिदिन्छ।

-केही कस्मेटिक उत्पादनमा मिठो गन्ध दिने निहुँमा पफ्र्युम नामको केमिकल मिसाइन्छ। यो सेभिङ क्रिममा पनि मिसाइएको हुन्छ। यसले एलर्जीका साथै दम बढाउन सक्छ।

-विज्ञहरूले यसले क्यान्सरसमेत गराउन सक्ने दाबी गरेका छन्। कपालमा वा ओठमा चमक दिने कस्मेटिक उत्पादनमा पेट्रोलियम नामको केमिकल मिसाइएको पाइन्छ, जुन क्यान्सर उत्पादन गर्ने खतरनाक केमिकल हो।

-महिलाको आइस्याडो बनाउने क्रिम, बच्चालाई लगाइदिने कतिपय पाउडरमा टल्क नामको केमिकल पाइन्छ। यो पनि क्यान्सरको कारक हुन सक्छ। त्यसका साथै श्वासको समस्या पनि ल्याउन सक्छ।

-पुरुषले दाह्री काट्दा प्रयोग हुने केही क्रिममा थेलोट भन्ने केमिकल मिसाइएको हुन्छ। जुन केमिकलले हर्मोनलाई असर गर्छ। यसका कारण शरीरको सन्तुलन बिग्रन गई दिमागमा समेत असर पर्न सक्छ।

-आँखामा लगाउने केही आइड्रपमा पारो पाइन्छ। त्यसले दिमागको विकासमा बाधा र्पुयाउँछ।

-नङपालिस वा कपालमा लगाउने केही उत्पादनमा ट्रलिया केमिकल मिलाइएको हुन्छ। जसले पाचन प्रणालीलाई खराब गर्न सक्छ।

-हामीले प्रयोग गर्ने एन्टिब्याक्टेरियल कस्मेटिकजस्तै टुथपेस्ट, क्लिन्जर रडियोडोरेन्टमा ट्राइक्लोसेन केमिकल हुन्छ। यसले रगत उत्पादन हुने प्रक्रियालाई समेत असर गर्छ। एजेन्सी

कमेन्ट लोड गर्नुस