सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्युः अवरुद्ध पूर्व–पश्चिम राजमार्ग संचालन

२०७६ माघ ६, १०:५०

कैलाली: कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको पूर्वपश्चिम राजमार्ग संचालनमा आएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर २ गणेशपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक वडा नम्वर ६ बावनपुरका ३१ बर्षीय रतन बिकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। 

दोषीलाई कारवाही र पिडित परिवारलाई क्षतीपुर्तीको माग गर्दै उनीहरुले राजमार्ग अवरुद्ध पारेका थिए। यद्यपी आज पिडितसँग सहमती हुन भने सकेको छेन। भोली पुनः पिडित पक्षसँग वार्ता गर्ने सहमतिपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक दक्षकुमार बस्नेतले बताए।

ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

कमेन्ट लोड गर्नुस