सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०७६ माघ ६, ०६:१८ खबर संवाददाता

कैलाली: कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर २ गणेशपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक वडा नम्वर ६ बावनपुरका ३१ बर्षीय रतन बिकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।

दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतीपुर्तीको माग गर्दै राजमार्ग अवरुद्ध पारिएको हो। पूर्वबाट पश्चिम तर्फ आईरहेको ना २ ख ४५८ नम्वरको ट्रकले प्रदेश न. २–०३००४ प ९६११ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार बिकको मृत्यु भएको थियो।

दुर्घटनामा गम्भिर घाईते भएका बिकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको थियो। ट्रक र चालक धनगढी उत्तरवेहडीका चेतसिंह साउदलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

 

कमेन्ट लोड गर्नुस