सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

२०७६ माघ ६, ०५:४८ खबर संवाददाता

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर २ गणेशपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक वडा नम्वर ६ बावनपुरका ३१ बर्षीय रतन बिकको मृत्यु भएको हो।

पूर्वबाट पश्चिम तर्फ आईरहेको ना २ ख ४५८ नम्वरको ट्रकले प्रदेश न. २–०३००४ प ९६११ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार बिकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका बिकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। ट्रक र चालक धनगढी उत्तरवेहडीका चेतसिंह साउदलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस