सुदूर नेपाललाई विश्वसँग जोड्दै

अँध्यारोमा मोबाइल नचलाउनुस, निम्तिन सक्छन यी खतरा

२०७६ माघ ६, ०८:५५

अधिकांश मानिसहरू सुत्नुभन्दा अगाडी अध्यारोमा वा रातको समयमा मोबाइल च्याट गर्ने, गेम खेल्ने तथा भिडियो हेर्ने गर्दछन्।

अँध्यारोमा मोबाइलको प्रयोगले यसबाट निस्किने हानिकारक किरणले आँखा र मस्तिष्कमा नकारात्मक असर गरिरहेको हुन्छ। अध्यारोमा फोन चलाउनु मानव स्वास्थ्यको लागि खतराजनक हुने समेत साबित भइसकेको छ।

सुत्नुअघि मोबाइल चलाउदा शरीरमा मेलाटोनिन नामक हर्मोनमा कमी आउन थाल्छ। मेलटोनिनको कमीका करण राति अबेरसम्म निन्द्रा नलाग्ने समस्या उत्पन्न हुन्छ।

राती धेरै बेरसम्म मोबाइल चलाउदा निन्द्रा पुग्दैन। यसले शरीर सुस्त र थकित हुन्छ। निन्द्राको कमिले मानिसलाई तनाव, डिप्रेशन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति सम्म पुर्याउने गर्छ। साथै, अल्जाइमर, पार्किन्सन्स जस्ता मस्तिष्क सम्बन्धी रोग लाग्ने सम्भावना बढ्दै जान्छ। अत्याधिक मोबाइलको प्रयोगले मस्तिष्कको स्मरण शक्तिमा असर गर्ने, ट्युमर तथा मस्तिष्कको क्यान्सर समेत हुन सक्छ।

रातिमा सुत्नु अघि मोबाइलको प्रयोगले आँखाको रेटिनामा गम्भीर असर पारेर आँखालाई कुनै कुरामा फोकस गर्न समस्या आउँछ र तिरमिर देख्न थाल्छौं। राति अबेरसम्म मोबाइल चलाउदा आँखामा दबाव पर्न गई डार्क सर्कल, हानिकारक किरणले छालामा असर गरि चायाँ, पोतो, डण्डीफोर तथा दागको समस्या देखिन सक्छ।

आँखा पोल्ने, आँखा दुख्ने, टाउको दुखाई, थायराइडको समस्या, केश झर्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप जस्ता गम्भीर रोग समेत निम्तिन सक्छ।
 

कमेन्ट लोड गर्नुस