सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनोवादः म निर्दोष निर्मला पन्त

२०७६ माघ ४, ११:५९

अँधेरीे रातमा कञ्चनपुरमा एउटी आमालाई बेथाले च्यापिरहेको थियो । उनी प्रसव पीडाले छट्पटाउँदै र चिच्याउँदै थिइन। निकैपछि भर्खर जन्मेको बच्चाको आवाज आयो। छोरी जन्म भयो। खुसीले मगमगाउँदै थिए बुवाआमा।

नयाँ जामाले भन्दै थिए, घरमा छोरीको आगमन भएको छ। देवीको आगमन भएको छ, अब घरका सबै दुःख कष्ट हराउने छन। मेरो न्वारनको दिनमा सबैले मेरो नाम लेखे। बाबाले मेरो नाम ‘निर्मला’ राखे। मलाई डाक्टर बनाउने सपना देखे। गरिबीले जीवनमा सयौं परीक्षा लियो।

तर, छोरीलाई पढाएर डाक्टर बनाउँछु भन्ने चाहना मेरी आमाको मनमा थियो। सयांै कष्ट झेल्नुप¥यो मेरो पढाइका लागि, तर, उनले कहिल्यै हार खाइनन। गरीबको झुपडीमा जन्मिए पनि त्यस्तो कहिल्यै महसुस नै भएन। आमाले सबै ईच्छा, चाहना पूरा गरिदिएकै थिए।

प्यारी छोरी। धेरै विश्वास र आशा थियो ममाथि। बाबा र आमा नै थिए मेरा सबैभन्दा मिल्ने आत्मीय साथी । गाउँलेले भन्थे, छोरीलाई धेरै नपढा यो अर्काको घरमा जाने जात हो। तर, आमाले त्यो कुरालाई मतलब गरिनन। सधै मेरो हातमा हात राखेर भनिरहिन– ‘यो मेरो जीवनभरिको साथ हो।’मेरो जीन्दगी यसरी नै बितिरहेको थियो।

तर, एक दिन यस्तो आयो, जसले मेरो जिन्दगी नै परिवर्तन गरिदियो। बाबा–आमाको सपना पूरा गर्छु भन्दै साथीको मद्दत लिन खोजें। तर, मै त्यता फसें। बुवाआमाको सपना पूरा गर्न सकिनँ। सबै सपना एकाएक भीरबाट खसे।

बाबा–आमाले मायाले सुम्सुम्याउने मेरो अनुहारमा खोई कसले कालोपट्टी लायो ? जबरजस्ती गरी मेरो कमलो शरीरलाई भोको बाघले जस्तै लुछ्यो। मेरो शरीरको कुनै भागलाई बाँकी छाडेन त्यसले। जबरजस्ती मेरो हात समायो, लछा¥यो, पछा¥यो। शरीरलाई नाङ्गो पारिदियो। अनि आफू रमाउन थाल्यो।

जब आफ्नो काम पूरा भयो, अनि शरीर उखुको झाडीमा फाल्यो। बाबा, म त्यतिबेला जिउँदो लास भइसकेकी थिएँ।धेरै बलियो थियो त्यो । धेरै कोसिस गरें, मेरो केही लागेन। हजारौं पटक ‘बाबा’ ‘बाबा’ भन्दै चिच्याएँ। तर, त्यो पापीको जालोबाट आफ्नो निर्दोष छोरी छुटाई लान तपाई आउनुभएन किन? सास बाँकी रहुन्जेल तपाईहरु मलाई लिन आउनुहुन्छ भन्ने आस थियो।

अर्कोतर्फ मेरो अवस्था देखिसकेपछि तपाईहरुलाई के होला भन्ने डर पनि थियो। आफ्नो घीनलाग्दो प्यास लिएको त्यो पापीले आफ्नो मन बुझाई त्यहाँबाट गयो। तर, कुन शब्दमा भनुँ बाबा हजुरकी छोरीको त्यस समयमा बलात्कार भयो।

अन्ततः तपाईकी छोरी बाँच्न सकिन। के दोष थियो र मेरो? किन हामी छोरीसँग नै यस्तो हुन्छ? केही समयपछि सम्पूर्ण गाउँलेले मलाई देखे। तर, कसैले तपाईहरुलाई भन्नै चाहेनन। कसैले पनि मेरो नाङ्गो शरीरमा एउटा फाटेको टालो समेत लाएनन।

मलाई त लागेको थियो, जसरी अन्य बलात्कारको केसलाई अनदेखा गरिन्छ, मेरो पनि त्यस्तै हुन्छ भनेर। तर, विश्वास नै लागेन, जब सम्पूर्ण गाउँले एक÷एक गरेर मेरो न्यायका लागि सडकमा उत्रिए।

 

हिजोसम्म बाबा आमाकी मात्र छोरी थिएँ म, आज नेपालकी छोरी भाछु। यसर्थमा भाग्यमानी नै ठानुँला। तपाईकी छोरीले बाबा, सम्पूर्ण नेपालीको माया, साथ अनि सहयोग पाएकी छु। तर, मेरो हकका लागि लडिरहेका बेला गोली प्रहार गरेर निर्दोषको ज्यान लिइएछ।

मेरो जीवन नै बरबाद गरेको यो काण्डलाई ‘निर्मला पन्त हत्या काण्ड’ नाम दिइएछ। खै त मैले न्याय पाएको? अपराध गरेको मान्छेलाई थाहा पाएर पनि किन लुकाइयो? के गरीब हुनु पाप हो र? गरीबले सधैं हानुपर्ने हो र? किन मेरा लागि लडन सकेन यो कानुन? किन देशका ठूला मान्छेले सबै कानुन त्याग गरी भ्याए। किन अँध्यारो भयो अदालत? किन दिन सकेन मलाई न्याय?उज्यालो हराइसकेको छ, कालो बादल छाएकोे घरमा।

बाबा–आमा बाँचिरहेका छन्, न्याय पाइन्छ कि भन्ने भरमा। सधैंको जस्तै यो काण्ड पनि अधुरै रहयो। उखान, उखान मात्र हो, साँचो हुन सकेन। अन्त्यमा, गल्तिकै जीत भयो। यो जन्ममा तपाईको सपना पूरा गर्न सकिनँ अर्को जन्म फेरि लिन्छु।

तर, छोरी बनेर जन्मिने छैन। फेरि बलात्कार र हत्या हुने डर रहन्छ। अर्कोचोटि छोरा भई जन्मिन्छु। अनि तपाईहरुलाई सबै खुसी दिन्छु नि है! अनलाईनखबरमा आरजु महतोले लेखेकी छन्। 

कमेन्ट लोड गर्नुस