सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुनपाल सामुदायिक वनद्वारा गठित छानविन समिति समेत विवादित

२०७६ माघ २, ०८:४० कमल सावद

कैलाली: कैलालीको विवादित सुनपाल सामुदायिक वनले राष्ट्रिय वनको काठ उपभोक्ता र काठ उद्योगलाई वितरण गरेको आरोप लागेका कारण छानविन समिति गठन गरेको छ।

तर गठित छानविन समिति समेत विवादित बनेको छ। पहिले नै सव वन डिभिजन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारी संयोजकत्वमा गठित छानबिन समितिले प्रतिवेदन बुझाइसकेका बेला सामुदायिक वनले फेरि अर्को समिति गठन गरेको हो। 

सामुदायिक वनले २०/२२ गोलिया काठ भेटिएको खप्तड बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई नै संयोजक बनाएर पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। क्याम्पसमा काठ भेटिएको कुरा स्यंम सुनपाल सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशीले बताएका थिए। तर त्यही क्याम्पसका प्रमुखलाई छानविन समितिको संयोजक बनाएर गठित उक्त समितिको कुनै औचित्य नभएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए।

डिभिजन वन कार्यालय धनगढीले पहिले गठित छानविन समितिले बुझाएको प्रतिवेदनको अनुसन्धान समेत थालेको बताएको छ। उक्त अनुसन्धानका निमित्त सव वन डिभिजन कार्यालय फुलबारीमा कार्यरत वन अधिकृत निराजन बडाललाई अनुसन्धान अधिकृत तोकिएको डिभिजन वन प्रमुख  कडेलले बताए। 

उनले सामुदायिक वनले गठन गरेको समितिको कुनै औचित्य नभएको बताएका छन्। ‘प्रतिवेदनका आधारमा मुद्दा पेशको प्रकृयामा छौ’उनले भने, अनुसन्धान अधिकृत तोकिसकेका छौ। प्रतिवेदनमा समावेश भएका विषय अपुग भए पुःन संकलन गर्ने छौ तर त्यो सामुदायिक वनको समितिको कुनै औचित्य छैन्।’ 

विवादमा रहेको खप्तड क्याम्पसका क्याम्पस प्रमुख जोशी संयोजक रहनु पनि अवैधानीक रहेको सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयका प्रमुख हेमराज विष्टले बताए।

‘सामुदायिक वनले स्वतन्त्र व्याक्तिलाई समितिको संयोजक राख्न सक्छ’ उनले भने, ‘उनीहरुको सुझाव वनका कर्मचारीले मान्नैपर्छ भन्ने छैन्। तर विवादितलाई समितिमा राख्न मिल्दैन्।’ 

कैलालीमा काठ तस्करी गर्ने पदाधिकारीलाई वन कार्यालयको संरक्षण

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस