सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काठ तस्करी गर्ने पदाधिकारीलाई वन कार्यालयको संरक्षण

२०७६ पुष २९, ११:२८ कमल सावद

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको सुनपाल सामुदायिक वनका पदाधिकारीले राष्ट्रिय वन क्षेत्रबाट तस्करी गरी उपभोक्ता र व्यवसायीलाई काठ वितरण गरेको खबर गत मंगलबार बाहिरिएको थियो।

स्थानीय काठ उद्योगलाई राष्ट्रिय वन क्षेत्रबाट सामुदायिक वनका पदाधिकारी र कर्मचारीको मिलोमतोमा तस्करी गरिएको काठ बिक्रि वितरण हुने गरेको गुनासो पटक पटक गगर्दा समेत सव डिभिजन वन कार्यालय बडैैपुरका कर्मचारीले वेवास्ता गरे। उनीहरु घटना स्थल गएनन्। गुनासो गरिएको तीन दिनपछि मात्र वनका कर्मचारी सुनपाल सामुदायिक वनसंग जोडिएको राष्ट्रिय वन क्षेत्रमा पुगे। तर काठ तस्करी गरी वितरण भएको विषयमा कुनै सुनवाई नगरेको आरोप लागेको छ।

तस्करीमा उनीहरुको पनि संलग्नता भएकै कारण वेवास्ता गरिएको सुनपाल सामुदायिक वनका लेखा समितिका संयोजक तथा उपभोक्ता भरत भाटले आरोप लगाए। उनले भने, ‘सुनपाल सामुदायिक वनका उपभोक्तालाई राष्ट्रिय वन क्षेत्रको काठ वितरण हुँदै आएको थियो। काठ उद्योगलाई समेत विक्रि गरेको भेटियो। सामुदायिक वनका पदाधिकारी आफन्तले पनि सस्तोमा राष्ट्रिय वन क्षेत्रको काठ पाएका छन्। उनीहरुले अफ्नै साधनमा काठ ढुवानी गर्दै आएका थिए। सामुदायिक वनको खातामा राष्ट्रिय वनको काठ विक्रिबाट आएको रकमको कुनै लेखाजोखा हुदैन्। एक फायलमा टिपोट गर्ने गरिएको भन्ने मात्र छ।’

सामुदायिक वनका पदाधिकारीको संरक्षणमा राष्ट्रिय वनको काठ तस्करी हुदै आएको कुरा बाहिरिएको तीन दिन पछि मात्र वनका कर्मचारी घटना स्थल पुगेका थिए। वनका कर्मचारीले तस्करलाई काठ लुकाउने समय दिदै संरक्षण गरेको उपभोक्ताको गुनासो छ। उनीहरुले तीन दिन सम्म स्थलगत अनुगमनमा वनका कर्मचारी नआएपछि धेरै काठ लुकाएको आशंका पनि व्यक्त गरेका छन्। सव डिभिजन वन कार्यालयका कर्मचारी स्थलगत अनुगमनमा नगएपछि डिभिजन वन कार्यालय धनगढीले सव डिभिजन वन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

अहिले समितिले स्थलगत अनुगमन गरिरहेको छ। छानविन समितिका संयोजक तथा सव डिभिजन वन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीले छानविनको काम जारी रहेकोे प्रतिकृया दिए। ‘राष्ट्रिय वन क्षेत्र ठुलो छ। सिमित कर्मचारीबाट अनुगमन सम्भव छैन्। उपभोक्ताको घर–घरमा पनि छापा हानेका छाँै।’ उनले भने। राष्ट्रिय वनका १० वर्ष बढि रुख हराएको भन्दै उनले १९ गोलिया मात्र फेला परेको बताए। तर ती सबै अवैधानीक रहेपनि उपभाक्ताले सामुदायिक वनले दिएको प्रतिकृया दिएको भण्डारीले बताए। उनका अनुसार बिल पछि दिने सर्तमा गोलियाको क्यूफिटका आधारमा रकम तिरेको देखिएको छ। तर अन्य कुरा छानविनबाट मात्रै खुल्ने उनले बताए।

सोमबार मात्र गौरीगंगाको वडा नम्बर ८ मा रहेको पवन जोशीको काठ उद्योगमा दुई गोलिया सालको नयाँ काठ, खप्तड क्याम्पसको पछाडी सुनपाल सामुदायिक वन क्षेत्रमा पनि २०/२२ गोलिया सालकोे काठ भेटिएको थियो। तर समितिले अहिले सम्म १९ गोलिया काठ मात्र भेटिएको बताएपछि काठ लुकाइएको आशंका गरिएको हो। सामुदायिक वनका पदाधिकारीलाई जोगाउनका लागि वनका कर्मचारी आर्थिक प्रलोभनमा परेको उपभोक्तहरुले आरोप लगाएका छन्।

एक उपभोक्ताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तीन दिनपछि मात्र घटना स्थलमा वनका कर्मचारी आउनुको अर्थ के ? उनीहरुलाई सोमबार नै जानकारी दिएका थियौँ। त्यो भन्दा पछि पनि हामीले सामुदायिक वनका पदाधिकारीले बदमासी गर्ने गरेको सूचना दियौँ तर सुनुवाई भएन्। उनीहरु आर्थिक प्रलोभनमा परेकै कारण यो घटनामा वेवास्ता गरियो।’ तर वन डिभिजन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले लापरवाही गर्ने जोसुकै भएपनि कारबाही गर्ने दावी गरे। ‘सामुदायिक वनका पदाधिकारीको सहयोगमा राष्ट्रिय वनको काठ तस्करी हुदै आएको खबर पाएपछि हामीले छानविन समिति गठन गरेका छाँै।’ कडेलले भने, ‘छानविन समितिले काम गर्दैछ, अबको केही दिनमा प्रतिवेदन सार्वजनिक हुन्छ। प्रतिवेदनका आधारमा कारबाही हुन्छ। राष्ट्रिय वनको दोहोन गर्ने कसैलाई छोडिदैन्।’

कैलालीको सुनपाल सामुदायिक वनका पदाधिकारीले नै काठ तस्करी गरेको आरोप

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस