सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुनपाल सामुदायिक वनका पदाधिकारीले नै काठ तस्करी गरेको आरोप

२०७६ पुष २२, ११:३६ खबर संवाददाता

मसुरिया- कैलालीको सुनपाल सामुदायिक वनका पदाधिकारीले राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गर्दै आएको आरोप लागेको छ।

स्थानीय काठ उद्योगहरुलाई राष्ट्रिय वन क्षेत्रबाट सामुदायिक वनका पदाधिकारीको संरक्षणमा काठ तस्करी हुँदै आएको आरोप लागेको हो। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ को सुनपाल सामुदायिक वन क्षेत्रसंग जोडिएको राष्ट्रिय वनबाट सालको काठ तस्करी गर्दै उद्योगीहरुलाई बिक्रि हुने गरेको स्थानीयले आरोप लगाएका छन्। सोमबार मात्र नगरपालिकाको वडा नम्बर ८ मा रहेको पवन जोशीको काठ उद्योगमा दुई गोलिया सालको नयाँ काठ भेटिएको थियो। उद्योगमा भेटिएको दुई गोलिया काठ सुनपाल सामुदायिक वनका पदाधिकारीले लुकाएपछि उनीहरुको पनि संग्लनता रहेको आशंका व्यक्त गरिएको हो।

जनप्रिय माध्यामिक विद्यालयसंग जोडिएको जोशीको काठ उद्योगमा भेटिएको काठ विद्यालयको भएको दावी गरिएको थियो। तर विद्यालयका प्रधानध्यापक धनिदत्त भट्टले विद्यालयको कुनै पनि काम नभएको प्रतिकृया दिए। सुनपाल सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशीले काठ उद्योगमा भेटिएको दुई गोलिया काठ विद्यालयको भएको भन्न दवाव दिने गरेका छन्। यता खप्तड क्याम्पसको पछाडी सुनपाल सामुदायिक वन क्षेत्रमा पनि २०/२२ गोलिया सालकोे काठ भेटिएको छ।

सामुदायिक वनले सो काठको बारेमा जानकारी नभएको प्रतिकृया दिएको छ। सुनपाल सामुदायिक वनका अध्यक्ष जोशीले भने– ‘पाँच गोलिया काठ जनप्रिय क्याम्पसको हो। क्याम्पसलाई दिएका छैनौ। खप्तड क्याम्पस नजिक भएको काठको बारेमा जानकारी छैन्।’ क्याम्पस प्रमुख मदनराज जोशीले पाँच वर्ष पुरानो काठ मात्र क्याम्पससंग रहेको बताए। उनले भने, ‘हामीसंग पाँच वर्ष पुरानो मात्र काठ छ। सालको काठ छैन्। क्यापस नजिक रहेको सालको २०/२२ गोलिया काठको बारेमा हामीलाई जानकारी छैन्।’

स्थानीय दिलबहादुर बोहराका अनुसार सामुदायिक वनको कार्यालय पछाडिको झाडीमा पनि काठ चिरानी हुदै आएको बताए। सो ठाउँमा चिरान भएको काठ पनि उद्योगहरुलाई विक्रि गर्ने गरिएको उनले बताए। सो सामुदायिक वनका पूर्व अध्यक्ष गोपाल कलेलले समेत वन कर्मचारी र सामुदायिक वनको मिलोमतोमा राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी हुदै आएको बताए। सव–डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत सचितान्नद सिंहले काठ तस्करीका बारेमा जानकारी नभएको प्रतिकृया दिए। उनले मंगलबार अनुगमन गर्ने प्रतिकृया दिएका छन्।

कमेन्ट लोड गर्नुस