सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको लाली र तिगरममा हालसम्म भन्सार कार्यायल खुलेनन

फाइल फोटो
फाइल फोटो
२०७६ माघ २, ११:१६

छोटी भन्सार कार्यालय दार्चुलामा आयात कमहुँदा राजश्व सङ्कलनमा असर परेको छ। नेपालतिर सडकमार्गको पहुँच विस्तारसँगै भारतबाट समान कम आयात हुँदा राजश्वमा  ह्रास आएको जनाइएको छ। भारतले व्यापारका लागि वस्तु तथा सेवा शुल्क ९जिएसटी० लागू गरेपछि सामान आयात घटेको बताइन्छ।  

छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार चालू आर्थिक वर्षको छ महिनामा रु नौ लाख ४८ हजार ६१३ राजश्व सङ्कलन भएको छ। यो अघिल्लो आव २०७५÷७६ को भन्दा रु पाँच लाख १० हजार ९१२ कम हो। जिल्लाको एक मात्रै छोटी भन्सार कार्यालयको रूपमा खलङ्गा रहेको छ।

यहाँको मूल भन्सार कार्यालय अहिले पनि बैतडीको झुलाघाट रहेको छ। दार्चुलाको जौलजीवि, दत्तु र सीतापुल भन्सार कार्यालय द्वन्द्वकालीन समयदेखि बन्द छन। सीमा जोडिएका लाली र तिगरममा भन्सार कार्यायल स्थापना भएको छैन।

भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालले भने, “अहिले भारतबाट जुत्ता÷चप्पल चिनी मात्रै आउँछ, अन्य दैनिक उपभोग्य सामानमा खासै भन्सार लगाइएको छैन”, उनले भने, “व्यापारिकरूपमा आउने सामानको मात्रै भन्सार लगाइँदा राजश्व कम सङ्कलन भएको हो।

विगतमा भारतबाट लत्ताकपडा, सिमेन्ट, जस्ता पातालगायतका निर्माण सामग्री आउँदा राजश्व बढी देखिन्थ्यो, तर अहिले सबै सामान नेपालतिरबाटै आउने गरेको उनले जानकारी दिए। रासस
 

कमेन्ट लोड गर्नुस