सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकपटक डोटी घुम्न आउन सरोकारवालाको आग्रह

२०७६ पुष २१, ०५:१६ खबर संवाददाता

डोटी: डोटीका सरोकारवाला निकायले एकपटक जिल्लामा रहेका पर्यटकिय स्थलको भम्रण गर्न आग्रह गरेका छन। जिल्लास्थित सबै सरोकावालाहरु बिचको छलफलबाट पर्यटकलाई डोटी घुम्न आग्रह गर्ने निर्णय गरिएको हो। 

सोमबार जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ,  होटल व्यवसायी संघ, चेम्बर अफ कर्मस, सुरक्षा निकाय तथा अन्य सरोकारवालाबिच भम्रण वर्षको विषयमा छलफल भएको थियो। 

उक्त बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचमा आउने सम्पूर्ण प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरुलाई स्वगत गर्ने र बसोबासको उचित बन्दोबस्त मिलाउने, पर्यटकहरुलाई एकपटक डोटी भ्रमण गर्न आग्रह तथा स्वागत गर्ने र आउने आगन्तुकहरुलाई होटलमा बसाउँदा इन्ट्रि गरेर मात्र बसाउने गरी ३ वटा गरी निर्णय गरेको छ। 

कमेन्ट लोड गर्नुस