सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पर्यटकिय स्थल घुम्न निःशुल्क बस सेवा

२०७६ पुष १४, ०८:४५ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिकाले भ्रमण वर्ष २०२० लाई सफल पार्न सुरुका ५ दिन पर्यटकका लागि निशुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ।

सोमबार धनगढीका सरकारवालाहरु संग छलफल गर्दै भ्रमण २०२० को सुरुको दिनमा नै सकारात्मक सन्देश प्रवाह गर्ने योजना धनगढी उप–महानगरपालिकाले बनाएको छ। बस सेवा त्रिनगर भन्सार नाकाबाट बेहडाबावा, थारु होमस्टे गाउँ घुमेर पुनः त्रिनगर भन्सार सम्म संचालन गरिने छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भ्रमणबर्षलाई सफल बनाउनका लागि सबै पक्ष तयार हुनुपर्नेमा एकमत भएको बताए।

‘पहिलो दिनबाट नै नेपाल भारत नाकामा पर्यटक सयहायता कक्ष संचालन गर्ने तयारी धनगढी उप–महानगरपालिकाले गरेको छ’ नगरप्रमुख वडले भने, ‘त्यो दिन नेपाल भित्रिने पर्यटकहरुलाई चिया तथा कफी खुवाउने, फुलमाला र खादाले स्वागत गर्ने योजना छ।’
त्यसैगरी धनगढीका पर्यटकिय स्थलहरु, त्यहाँको दुरी, त्यहाँका विशेषताहरु, पर्यटकिय गतिविधी र महत्वहरुलाई राख्नेगरी सोसल मिडियामा पेज बनाउने, ब्रुसर तयार गर्ने, नगरको सरसफाई गर्ने, धनगढी देखि भारतको पलिया बजार सम्म भ्रमणवर्ष २०२० को सन्देश दिनेगरी साईलक यात्रा गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले बताए।

धनगढी उप–महानगरपालिकाले प्रदेश तथा संघ सरकारले पर्यटक वर्ष २०२० सफल बनाउनका लागि गर्ने सबै गतिविधीमा सहभागिता जनाउने पनि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए। त्यसैगरी भ्रमण बर्षको अवसर पारेर होमस्टे गाउँ भादा थारु महोत्सवको पनि उद्घाटन गरिने कार्यक्रम रहेको छ।

कमेन्ट लोड गर्नुस